News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा नेतृत्व चयनका लागि मतदान जारी छ।
- एमाले निर्वाचन आयोगका अनुसार अपराह्न ४ बजेसम्म ७ सय मत खसेको छ।
- महासचिव शंकर पोखरेलले ८ बजेभित्र मतदान स्थलभित्र प्रवेश गर्नेको मात्रै मताधिकार पाउने बताएका छन्।
२ पुस, काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा नेतृत्व चयनका लागि मतदान जारी छ । एमालेको निर्वाचन आयोगका अनुसार अपराह्न ४ बजेसम्म ७ सय मत खसेको छ ।
मतदान जारी रहँदा एमालेका महासचिव (महासचिवका उम्मेदवार) शंकर पोखरेलले ८ बजेभित्र मतदान स्थलभित्र प्रवेश गर्नेको मात्रै मताधिकार पाउने बताएका छन् ।
‘भित्र प्रवेशको समय ८ बजे कायम गरिएको छ । कुपन लिएर मतदानको अधिकार सुरक्षित गरौँ’ उनले भनेका छन् ।
आज (बुधबार) बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमालेका कुल २ हजार २६३ प्रतिनिधि छन् । बिहान अध्यक्षका उम्मेदवार केपी शर्मा ओली, ईश्वर पोखरेल तथा महासचिवका उम्मेदवार शंकर पोखरेललगायतले मतदान गरेर सुरुवात गरेका थिए ।
एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया 4