News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन्।
- उपेन्द्र यादवले बुधबार जसपा नेपाल केन्द्रीय कार्यालयमा चौधरीलाई सदस्यता प्रदान गरी स्वागत गरेका छन्।
- चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपले अगाडि बढाउन जसपा नेपालमा जोडिएको बताए।
पुस २, काठमाडौँ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् ।
बुधबार जसपा नेपालकाे केन्द्रीय कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले सदस्यता प्रदान गरी उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि बोल्दै चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपले अगाडि बढाउन जसपा नेपालमा जोडिएको बताए ।
‘मधेशी जनताको अधिकार, संघीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै अघि बढ्ने निर्णय गरेको हुँ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4