+
+
Shares

एमाले महाधिवेशन : भोट हाल्न एकै व्यक्तिलाई ९ मिनेटदेखि २ घण्टासम्म समय

नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान जारी छ । एमालेको ११औं महाधिवेशनअन्तर्गत आज पाँचौं दिन हो । काठमाडौँको भृकुटीमण्डपमा भएको मतदानमा ५ बजेर २ मिनेटसम्म ८०२ मत खसिसकेको निर्वाचन आयोगका सानुराजा पोखरेलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १७:२१
Listen News
0:00
0:30
🔊

पुस २, काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान जारी छ । एमालेको ११औं महाधिवेशनअन्तर्गत आज पाँचौं दिन हो । काठमाडौँको भृकुटीमण्डपमा भएको मतदानमा ५ बजेर २ मिनेटसम्म ८०२ मत खसिसकेको निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए ।

उनले मतदान गर्न छिटोमा ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म लगाएर समय लगाएको उनले जानकारी गराए ।

‘मतदान छिटोमा ९ मिनेट र ढिलोमा २ घण्टा ४ मिनेटसम्म लगाएर गरिएको छ,’ उनले भने, ‘मतदाताले ३५ मिनेट मतदान गर्न सक्नुहुन्छ भन्ने अनुमान थियो । सबैलाई प्राविधिक ज्ञान नभएकोले ढिलाइ भएको छ ।
आज रातभर मतदान चल्नेछ ।’

उनले मतदानका लागि लाइनमा उभिनेले ८ बजेभित्र टोकन लिएर मतदान स्थलमा प्रवेश गरिसक्नुपर्ने पनि बताए । एमालेमा दुई हजार २ सय ६३ जना मतदाता (प्रतिनिधि) छन् । एमालेमा केपी शर्मा ओली र ईश्वर पोखरेल नयाँ नेतृत्वका लागि प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?