News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको ११औँ महाधिवेशनमा बुधबार बिहान सवा ९ बजेदेखि साँझ ७ बजेसम्म ११ सय प्रतिनिधिले मतदान गरिसकेका छन्।
- एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् र नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्।
- निर्वाचन आयोगले विद्युतीय मेसिनबाट भोट हाल्न ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म समय लागेको जनाएको छ।
२ पुस,काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा ११ सय मत खसेको छ । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदानमा ११ सय प्रतिनिधिले मतदान गरिसकेको निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिए ।
साँझ ७ बजेसम्म ११ सय प्रतिनिधिले मतदान गरेको उनको भनाइ छ । एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचन आयोगले विद्युतीय मेसिनबाट भोट हाल्न ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म समय लागेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4