+

फिफा विश्वकपमा कीर्तिमानी पुरस्कार, विजेतालाई ५ करोड अमेरिकी डलर

२०८२ पुष  २ गते २०:३९ २०८२ पुष २ गते २०:३९
फिफा विश्वकपमा कीर्तिमानी पुरस्कार, विजेतालाई ५ करोड अमेरिकी डलर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा काउन्सिलले २०२६ मा आयोजना हुने पुरुष विश्वकपका लागि ६५५ मिलियन अमेरिकी डलर पुरस्कार रकम स्वीकृत गरेको छ।
  • उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर प्राप्त गर्नेछ, जुन २०२२ को विश्वकपभन्दा ५० प्रतिशत बढी हो।
  • फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२६ विश्वकपले चार वर्षमा १३ अर्ब डलर आम्दानी हुने बताएका छन्।

२ पुस, काठमाडौं । फिफा काउन्सिलले २०२६ मा आयोजना हुने फिफा पुरुष विश्वकपका लागि कीर्तिमानी रकम स्वीकृत गरेको छ । विश्वकपका लागि ६५५ मिलियन (६५ करोड ५० लाख) अमेरिकी डलर पुरस्कार रकम स्वीकृत भएको हो । यो रकम २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी हो।

प्रतियोगिताको उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर (रु.७ अर्बभन्दा बढी)  प्राप्त गर्नेछ, जुन अघिल्लो विश्वकपमा ४ करोड २० लाख अमेरिकी डलर थियो। उपविजेताले ३ करोड ३० लाख डलर, तेस्रो स्थानले २ करोड ९० लाख डलर र चौथो स्थानले २ करोड ७० लाख डलर पाउनेछ।

क्वार्टरफाइनलबाट बाहिरिने टोलीले १ करोढ ९० लाख डलर, अन्तिम १६ बाट बाहिरिने टोलीले १ करोड ५० लाख डलर र राउन्ड अफ ३२ बाट बाहिरिने टोलीले १ करोड १० लाख डलर डलर पाउने व्यवस्था गरिएको छ।

समूह चरणमै बाहिरिने टोलीले ९० लाख डलर पाउनेछ भने विश्वकपमा छनोट भएका प्रत्येक राष्ट्रलाई तयारी खर्चका लागि थप १५ लाख डलर दिइनेछ। यसरी विश्वकप खेल्ने प्रत्येक टोलीले कम्तीमा १ करोड ५ लाख डलर पाउने निश्चित भएको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२६ विश्वकपले विश्व फुटबल समुदायमा ऐतिहासिक आर्थिक योगदान दिने बताएका छन्। फिफाले २०२६ विश्वकपसम्मको चार वर्षे चक्रमा १३ अर्ब डलर आम्दानी हुने अनुमान गरेको छ, जुन २०२२ विश्वकपअघि ७.६ अर्ब डलर मात्र थियो।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय