+
+
Shares

एमाले मतदान अपडेट : साढे ८ बजेसम्म खस्यो १२ सय मत

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते २०:४९

२ पुस, काठमाडौं । नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको मतदानमा १२ सय मत खसेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा मतदान जारी छ । साँझ साढे ८ बजेसम्ममा १२ सय मतदान भएको केन्द्रीय निर्वाचन आयोगले जानकारी गराएको छ ।

आयोगका अनुसार, बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो ।

मतदान केन्द्र प्रवेशको समय पनि थप गरिएको छ । महासचिव शंकर पोखरेलले यसअघि साँझ ८ बजेसम्मका लागि तय भएको समय थप गरेर राति १० बजेसम्मका लागि मतदानको समय तोकिएको हो ।

एमालेको निर्वाचन कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान गर्ने भनिएको थियो ।

मतदानको प्रक्रिया सुरु समयमै नहुँदा, मतदानका लागि विद्युतीय मेसिनमा पदाधिकारी अभ्यस्त नहुँदा समय सारिएको पोखरेलको भनाइ छ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?