+
+
Shares

एमाले मतदान अपडेट : बिहान साढे २ बजेसम्म १८०० बढी मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते २:५०

३ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा बिहीबार बिहान २:३० बजेसम्म १८०० बढी मत खसेको छ ।

कुल मतदाता अनुसार यो ७९.६ प्रतिशत मतदान हो ।
रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९:१२ बजेदेखि सुरु भएको मतदानमा बिहीबार बिहान २:३० बजेसम्म १८०० बढी प्रतिनिधिले मतदान गरेको महासचिव प्रत्यासी नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन आयोगले विद्युतीय मेसिनबाट भोट हाल्न ९ मिनेटदेखि २ घण्टा ४ मिनेटसम्म समय लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?