+

भारत–दक्षिण अफ्रिका चौथो टी–२० म्याच कुहिरोले स्थगित

२०८२ पुष  ३ गते ६:४५ २०८२ पुष ३ गते ६:४५
भारत–दक्षिण अफ्रिका चौथो टी–२० म्याच कुहिरोले स्थगित
Listen News
0:00
0:30
🔊

काठमाडौं ।  भारत र दक्षिण अफ्रिकाबीच लखनउमा तय भएको चौथो टी–ट्वान्टी क्रिकेट म्याच कुहिरोका कारण रद्द भएको छ ।

घना कुहिरोका कारण अम्पायरले खेल रद्द गर्ने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो निर्णय लिनुअघि उनीहरुले टस गर्ने समय सार्दै ६ पटकसम्म मैदान निरीक्षण गरेका थिए । अन्तत: उनीहरु खेल खेलाउन नसकिने निष्कर्षमा पुगे ।

पाँच टी–ट्वान्टी क्रिकेट म्याचको यस सिरिजमा भारत २–१ ले अगाडि छ । पाँचौं तथा अन्तिम म्याच शुक्रबार अहमदावादमा खेलाइने छ ।

अन्तिम म्याचमा पाहुना टोली अफ्रिकालाई बराबरी गर्ने मौका छ । आयोजक भारतीय टोलीलाई भने ३–१ ले सिरिज जित्ने अवसर छ ।

टी–ट्वान्टी क्रिकेट म्याच
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय