+
+
Shares

एमाले निर्वाचन : ‘नो भोट’को सदुपयोग भन्दै उम्मेदवारले नै हालेनन् भोट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते ८:२३

३ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बुधबार भएको मतदानमा ३६ जना प्रतिनिधिले मतदान गरेनन् ।

नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना भने विभिन्न कारणले मतदानमा सहभागी भएनन् । यतिसम्मकी एक जना उम्मेदवारले नै मतदान गरेनन् ।

केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले आफैंलाई भोट हालेनन् । गुल्मीका अर्यालले ‘नो भोटको सदुपयोग’ भन्दै मतदान नगरेको बताएका छन् ।

अर्याल प्रेस चौतारीका पूर्वअध्यक्ष समेत हुन् । अर्याल खुला केन्द्रीय सदस्यको १२८ नम्बरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?