३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले अग्रता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् । महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।
उपमहासचिवमा लेखराज भट्टले अग्रता लिएका छन् । उनले १ सय ४७ मत प्राप्त गरेका छन् । उनलाई योगेश भट्टराईले पछ्याइरहेका छन् ।
उनले१ सय ४० मत प्राप्त गरेका छन् । उनी पछि विष्णु रिमालले १ सय ५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, आनन्द पोखरेल ७१, रघुवीर महासेठ १२६, राजेन्द्र प्रसाद गौतम २६ र वैजनाथ चौधरीले ५४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4