३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार ओली प्यानलका नेताहरूको अग्रता देखिन्छ ।
तीन जनाका लागि भएको उपमहासचिव पदमा लेखराज भट्टले अग्रता लिएका छन् । उनले ७ सय ३४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, योगेश भट्टराई दोस्रो स्थानमा छन् । उनले ७ सय ९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रघुवीर महासेठ ६८९ मतसहित तेस्रो स्थानमा छन् ।
विष्णु रिमालले ५४० मत प्राप्त गरेका छन् । उनी शीर्ष तीनमा पर्न सकेका छैनन् । अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने रिमाल शीर्ष तीनमा नपर्दा पार्टी पंक्तिभित्र चर्चा भइरहेको छ ।
आनन्द प्रसाद पोख्रेलले ३३४, राजेन्द्र प्रसाद गौतमले १४० र वैजनाथ चौधरीले २७१ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4