News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको महाधिवेशनको छैटौँ दिनमा मतगणना जारी छ र अध्यक्ष केपी शर्मा ओली समूहका धेरै उम्मेदवारले अग्रता बढाइरहेका छन्।
- पूर्वमाओवादी नेताहरू विष्णुप्रसाद पौडेल र रामबहादुर थापा 'बादल' क्रमशः ८४६ र ७७४ मतसहित पदाधिकारी पदमा अग्रता बढाइरहेका छन्।
- उपमहासचिवका उम्मेदवार लेखराज भट्ट सबैभन्दा धेरै ७३४ मतसहित अग्रतामा छन् र महाधिवेशनमा २२६३ प्रतिनिधि मध्ये ३६ जनाले मतदाधिकार प्रयोग गरेका छैनन्।
३ पुस, काठमाडौँ । नेकपा एमालेको महाधिवेशन सुरु भएको छैटौँ दिन आज मतगणना जारी छ । जारी गणनाअनुसार पदाधिकारीका उम्मेदवारमा अध्यक्ष केपी शर्मा ओली समूहका धेरै उम्मेदवारले अग्रता बढाइरहेका छन् ।
एमालेको जारी महाधिवेशनमा अध्यक्षमा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । एमालेमा यसअघि माओवादी केन्द्रमा रहेका नेताहरूले अग्रता बढाइरहेका छन् । ४० वटा मेसिनका ११३९ मत गणना हुँदा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले ७७४ मत ल्याएका छन् । उनीभन्दा अघि विष्णुप्रसाद पौडेलले ८४६ मत ल्याएका छन् ।
त्यस्तै माओवादी पृष्ठभूमिका अर्का नेता लेखराज भट्ट हुन् । उनी उपमहासचिवको उम्मेदवार हुन् । उनी उपमहासचिवमा सबैभन्दा धेरै मतका साथ अग्रतामा छन् । उनले ७३४ मत ल्याएका छन् ।
एमालेको महाधिवेशनमा २२६३ प्रतिनिधि चयन भएका थिए । यीमध्ये ३६ जनाले मतदाधिकार प्रयोग गरेनन् ।
प्रतिक्रिया 4