+
+
Shares

काठमाडौंमा ‘सिन्धुली जुनार मेला’, कुन किसानले फलाएको क्युआर कोडबाट हेर्न मिल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साताव्यापी सिन्धुली जुनार मेलाको पाँचौं संस्करण काठमाडौंमा सुरु भएको छ।

३ पुस, काठमाडौं । साताव्यापी ‘सिन्धुली जुनार मेला’को पाँचौं संस्करण काठमाडौंमा सुरु भएको छ । सिन्धुलीको प्रसिद्ध जुनारलाई आधुनिक ब्राण्डिङ र प्रविधिसहित प्रवर्द्धन गर्न स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेको संयुक्त आयोजनामा ‘सिन्धुली जुनार मेला’ सुरु भएको हो ।

आयोजकका अनुसार काठमाडौंका विभिन्न मेला राखिने छ । जसअनुसार पुस ३ र ४ गते कुपण्डोलस्थित साझा सहकारीमा, पुस ४ देखि ६ गतेसम्म धोबीघाटमा र पुस ८ गते भनिमण्डल हाटबजारमा सञ्चालन हुनेछ ।

मेलामा ग्राहकहरूले जुनारको प्याकेटमा रहेको क्युआर कोड स्क्यान गरेर जुनार कुन बगैँचामा फलेको, कुन किसानले फलाएको र कहिले टिपिएको हो भन्ने विस्तृत विवरण मोबाइलमै हेर्न सक्ने बताइएको छ । त्यस्तै यस वर्षको मेलामा जुनारलाई फलको रूपमा मात्र नभई केक, आइसक्रिम, सलाद र तातो जुसजस्ता विभिन्न परिकारका रूपमा समेत प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।

सिर्जनशील कृषि फर्मका सञ्चालक योगेन्द्र थापाका अनुसार विगत पाँच वर्षदेखि काठमाडौंमा गरिँदै आएको यस्ता महोत्सवले सिन्धुलीको जुनारको छुट्टै ब्राण्ड स्थापित गरेको छ । त्यस्तै योञ्जन टेक्नोलोजी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक सहयोगमा गोलन्जोर गाउँपालिकाका जुनार बगैँचा र रुखहरूको डिजिटल म्यापिङ गरी उत्पादनको पूर्वानुमान र बजार व्यवस्थापन समेत सुरु गरिएको उल्लेख छ।

भीमशमशेरको दरबारदेखि डिजिटल हाटसम्म

वि. सं. १९८५ तिरको कुरा हो। सिन्धुलीका कहरसिंह हायु मुद्दाको सिलसिलामा काठमाडौँ आउँदा तत्कालीन मुख्तियार भीमशमशेरको चाकरीका लागि दरबारमा पुगेका दिए ।

उनले दरबारमा एउटा रसिलो फल देखे । उनले त्यो फल खान त पाएनन्  तर अरुले खाएर फालेपछि त्यो फलको वीउ टिपेर खल्तीमा हाले। त्यो बीउ उनले सिन्धुली पुर्‍याएर आफ्नो बारीमा रोपे । त्यही कहरसिंहले लगेको बीउबाट सुरु भएको  सिन्धुलीको जुनार खेतीले अहिले करिब एक शताब्दी पछि ब्रान्डिङ हुँदै राजधानी भित्रिएको छ ।

कहरसिंहले दरबारको चौरबाट गोजीमा हालेर लगेको बीउले आज प्रविधिको काँध चढेर राजधानीको आधुनिक भान्सासम्मको यात्रा तय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?