+
+
Shares

मधेशको मुख्यमन्त्री कार्यालय गृहमा सारिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १३:५२
Listen News
0:00
0:30
🔊

३ पुस, जकपुरधाम । मधेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारिने भएको छ ।

जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री कार्यालय जलाएपछि मधेशभवन भित्रकै कवर्डहलमा जेनतेन कार्यालय सञ्चालन हुँदै आएको छ ।

तर, त्यहाँ मुख्यमन्त्रीकै कार्यकक्ष छैन । केही समय अघि मुख्यमन्त्री कार्यालयको कक्ष गृह, सञ्चार तथा कानुन मन्त्रालयमा मन्त्री बस्ने कक्षमा स्थापना भएको छ ।

अब मुख्यमन्त्री कार्यालय नै गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सार्ने मुख्यमन्त्री स्तरीय निर्णय भएको कार्यालयका उपसचिव रोहित कोइरालाले जानकारी दिए ।

त्यसका लागि मन्त्रालयमा पत्राचार समेत गरिसकिएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय भने अहिले मुख्यमन्त्री कार्यालय रहेको कवर्डहलमा सारिने उपसचिव कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?