+
+
Shares

उपाध्यक्ष निर्वाचित भएपछि पृथ्वीसुब्बाको प्रश्न : नेताहरूलाई थुन्छु भनेर चुनाव हुन्छ ?

नेकपा एमालेको ११ औं महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्ष निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले चुनावको वातावरण बनाउने नसकेको बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १४:१५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले फागुन २१ मा चुनाव नहुने दाबी गर्दै सरकारले चुनावको वातावरण बनाउन नसकेको बताए।
  • गुरुङले जेनजी आन्दोलनको क्रममा लुटपाट भएका हतियारहरू फिर्ता नभएको र सरकारले नेताहरूलाई थुन्ने चेतावनी दिएको उल्लेख गरे।
  • उनले सुशीला कार्की नेतृत्वको सरकार उल्कापात भएर जन्मेको र संवैधानिक नभएको टिप्पणी गरे।

३ पुस, काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्ष निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले चुनावको वातावरण बनाउने नसकेको बताएका छन् ।

महासचिवमा निर्वाचित भएसँगै पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले जेनजी आन्दोलनको क्रममा लुटपाट भएका हतियारहरू फिर्ता नभएको, सरकारले नेताहरूलाई थुन्ने चेतावनी दिने, स्थान हद लगाउने गरिरहेकोले फागुन २१ मा चुनाव नहुने दाबी गरेका हुन् ।

उनले सरकारले नै चुनाव नहुने वातावरण बनाइरहेको बताए । सुशीला कार्की नेतृत्व उल्कापात भएर जन्मेको सरकार भन्दै टिप्पणी गरे ।

‘यो सरकार सुन्ने सरकार होइन । संवैधानिक सरकार होइन । भदौमा उल्कापात भयो र जन्मेको सरकार हो। यसले जनताको कुरा सुन्दै सुन्दैन,’ उनले भने, ‘सरकारले चुनावको वातावरण बनायो भने सबैभन्दा पहिले हामी तयार छौँ भन्छौँ। तर, पक्राउ पुर्जी जारी गर्ने, थुन्छु भन्ने । स्थान हद लगाउने गरेर हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?