+
+
Shares

आज पराजित भए पनि ईश्वर पोखरेल हाम्रो नेता हो: रघुवीर महासेठ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १४:२५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको नवनिर्वाचित उपमहासचिव रघुवीर महासेठले अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलप्रति सधैँ सम्मान रहने बताएका छन्।
  • महासेठले फरक प्यानलबाट चुनाव लडेर पराजित भए पनि सबैको योगदान पार्टी बनाउन उत्तिकै रहेको बताए।
  • उनले जनताको बहुदलीय जनवादले नेतृत्व चयन गर्ने व्यवस्था गरेको र पोखरेललाई आज र भोलि पनि नेता नै रहेको खुलाए।

३ पुस, काठमाडौँ ।  नेकपा एमालेको नवनिर्वाचित उपमहासचिव रघुवीर महासेठले अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका ईश्वर पोखरेलप्रति सधैँ सम्मान रहने बताएका छन् ।

उनले आज फरक प्यानलबाट चुनाव लडेर अध्यक्षमा पराजित भए पनि सधैँ नेताको रुपमा सम्मान गरिरहने बताए ।

उपमहासचिव निर्वाचित भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यो पार्टी बनाउन आज निर्वाचित भएका र पराजित भएका सबैको उत्तिकै योगदान छ ।’

महासेठ अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेका थिए भने पोखरेल अध्यक्ष ओलीविरुद्ध फरक प्यानल बनाएर प्रतिस्पर्धी बनेका थिए ।

महासेठले जनताको बहुदलीय जनवादले निर्वाचनमार्फत नेतृत्व चयन गर्ने व्यवस्था गरेको भन्दै थपे, ‘ईश्वर पोखरेल आज पनि हाम्रो नेता हो, भोलि पनि हाम्रो नेता पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?