+
+
Shares

लोकतान्त्रिक प्रक्रियाबाट एमालेको नेतृत्व छनोटले सकरात्मक सन्देश दिएको छः विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १४:२९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेको नेतृत्व चयन प्रक्रियाले सकरात्मक सन्देश दिएको टिप्पणी गर्नुभयो।
  • महामन्त्री शर्माले जेनजी आन्दोलनले सुशासनको मुद्दा स्थापित गरेको र नयाँ कमिटीले त्यसलाई महत्व दिनुपर्ने सुझाव दिनुभयो।
  • उनले सुशासन स्थापित गर्ने विषयमा सबै राजनीतिक दलहरूको साझा संकल्प आवश्यक रहेको बताउनुभयो।

३ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व चयनका लागि नेकपा एमालेले गरेको लोकतान्त्रिक प्रक्रियाले सकरात्मक सन्देश दिएको टिप्पणी गरेका छन् ।

नेतृत्वमा कसलाई ल्याउने एमालेको आन्तरिक विषय भएको उल्लेख गर्दै महामन्त्री शर्माले भने,‘अहिलेको प्रतिकूल परिस्थितिलाई चिर्दै महाधिवेशनबाट केही नयाँ र केहीलाई पुरानालाई अनुमोदन भएको छ । को आउने, को नआउने सम्बन्धित दलको विषय हो ।’

जेनजी आन्दोलन पछि बदलिएको परिवेशलाई आत्मसात गर्न निर्वाचित कमिटीलाई महामन्त्री शर्माले सुझाव दिए ।

‘जेनजी प्रदर्शनले मूलत मुलुकमा सुशासनको मुद्दालाई स्थापित गरेको छ । सुशासन स्थापित गर्ने कुरालाई नयाँ कमिटीले महत्व देओस्,’ महामन्त्री शर्माले भने,‘जेनजीले गरेको प्रदर्शनका बारेमा पक्ष र विपक्षमा मतहरु व्यक्त गर्न स्वभाविक छ । तर त्यसले उठाएको मुद्दा त एउटा सुशासनको हो । त्यो सुशासनको मुद्दालाई त कसैले पनि अस्वीकार गरेर जान मिल्दै मिल्दैन ।’

सुशासन स्थापित गर्ने सन्दर्भमा नयाँ या पुराना सबै राजनीतिक दलहरूको साझा संकल्प हुनुपर्ने महामन्त्री शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?