+
+
Shares

लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरूङ एमाले पदाधिकारी निर्वाचित

नेकपा एमालेका ११ औं महाधिवेशनबाट लोकप्रिय मतसहित पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ पदाधिकारीमा विजयी भएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १४:३२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११ औं महाधिवेशनमा केपी शर्मा ओली प्यानलबाट पृथ्वीसुब्बा गुरूङ उपाध्यक्ष पदमा १७३७ मतसहित विजयी भएका छन्।
  • पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल १६७५ मतसहित उपाध्यक्षमा दोस्रो स्थानमा रहेका छन्।
  • महेश बस्नेत १५४४ मतसहित सचिव पदमा विजयी भएका छन् भने पद्माकुमारी अर्याल १५३० मतसहित सचिवमा निर्वाचित भएकी छन्।

३ पुस, काठमाडौं । नेकपा एमालेका ११ औं महाधिवेशनबाट लोकप्रिय मतसहित पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ पदाधिकारीमा विजयी भएका छन् । अध्यक्षमा निर्वाचित केपी शर्मा ओली प्यानलबाट उपाध्यक्षका उम्मेदवार गुरूङ १७३७ मतसहित विजयी भएका हुन् ।

उनीपछि उपाध्यक्षमै निर्वाचन पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले १६७५ मत प्राप्त गरेका छन् । पदाधिकारीमा तेस्रो बढी मत (१५४४) पाएर महेश बस्नेत सचिवमा विजयी भएका छन् ।
पद्माकुमारी अर्याल १५३० मतसहित सचिवमा विजयी भएकी छन् । उनी पदाधिकारीमा धेरै मत ल्याउने चौथो नेतामा परेकी छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका रामबहादुर थापा ‘बादल’ १५१६ (पाँचौं) मत पाएर उपाध्यक्षमा विजयी भएका छन् ।

सचिवमा विजयी छविलाल विश्वकर्मा १५०६ मतले छैठौं र शेरधन राई १५०३ मतसहित सातौं भएका छन् । उनी पनि सचिवमा विजयी नेता हुन् ।

उपाध्यक्षमा विजयी गोकर्णराज विष्ट १३६८ मतसहित आठौं, सचिवमा विजयी हिक्मतकुमार कार्की १३३७ मतसहित नवौं र सचिवमै निर्वाचित खगराज अधिकारी १२३१ प्राप्त गर्दै १० औं भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?