News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेको ११ औं महाधिवेशनमा १९ पदाधिकारी पदका लागि भएको चुनावमा ईश्वर पोखरेल समूहका दुई जनाले मात्र जितेका छन्।
- उपाध्यक्षमा गोकर्ण विष्टले १३६८ मत र उपमहासचिवमा योगेश भट्टराईले १३४८ मत प्राप्त गरेर जितेका हुन्।
- केपी ओली र ईश्वर पोखरेल समूहले प्यानल बनाएर चुनाव लडेका थिए, तर पोखरेल समूहका सबै पदाधिकारी पराजित भएका छन्।
३ पुस, काठमाडौं । एमालेको ११ औं महाधिवेशनमा १९ पदाधिकारीहरूका लागि भएको चुनावमा ईश्वर पोखरेल समूहका दुई जनाले मात्र जितेका छन् ।
उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले मात्र जितेका हुन् । पदाधिकारीमा पोखरेल समूहका सबै पराजित भएका छन् । पाँच जना उपाध्यक्षमा विष्टले १३६८ मत ल्याएर जिते । उपमहासचिवमा भट्टराईले १३४८ मत प्राप्त गरे ।
एमालेमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर चुनाव लडेका थिए । ओली समूहमा करिब एकछत्र भोट खस्दा ईश्वर पोखरेलको समूहबाट दुई जनामात्रै पदाधिकारीमा अटाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4