News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवारलाई प्रत्यक्षतर्फ आवेदन दिन पुस ५ गतेसम्म समयावधि तोकेको छ।
- समानुपातिक उम्मेदवारले नाम फिर्ता गर्दा शुल्क तिर्नु नपर्ने पार्टी सचिवालयले निर्णय गरेको छ।
- पार्टीले पुस ४ गते निर्वाचन पूर्व तयारी छलफल आयोजना गर्ने र भुवन केसीलाई स्टार्टअप विभाग प्रमुख मनोनित गर्ने निर्णय गरेको छ।
३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ उम्मेदवार हुन आवदेन दिएका तर प्रत्यक्षतर्फ परिवर्तन गर्न इच्छुकलाई अवसर दिएको छ ।
समानुपातिक तर्फको नाम फिर्ता गरी प्रत्यक्षतर्फ आवेदन दिन पुस ५ गतेसम्मका लागि समयावधि तोकिएको छ । परिवर्तन गर्दा शुल्क तिर्नु नपर्ने पार्टी सचिवालय बैठकको निर्णय गरेको छ ।
समानुपातिक तर्फ उम्मेदवारका लागि आवेदन दिने केन्द्रीय समितिका सदस्यहरू समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ ।
पार्टी केन्द्रीय विभागलाई निर्वाचन लक्षित गतिविधिमा संलग्न गराउन उद्देश्यले ’निर्वाचन पूर्व तयारी छलफल’ आयोजना गरिने भएको छ । पुस ४ गते हुने उक्त छलफलको संयोजन महामन्त्री कविन्द्र बुर्लाकोटीले गर्ने भएका छन् ।
सचिवालय बैठकले स्टार्टअप तथा नवप्रवर्तन विभाग प्रमुखमा भुवन केसीलाई मनोनित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4