+

लुम्बिनी लायन्सको ‘च्याम्पियन्स ट्रफी सेलेब्रेसन टूर’ शनिबारदेखि सुरु हुँदै

२०८२ पुष  ३ गते १७:१५ २०८२ पुष ३ गते १७:१५
लुम्बिनी लायन्सको ‘च्याम्पियन्स ट्रफी सेलेब्रेसन टूर’ शनिबारदेखि सुरु हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेट २०२५ को विजेता टोलीको रूपमा 'च्याम्पियन्स ट्रफी सेलेब्रेसन टूर' सुरु गर्ने भएको छ।
  • टूर पुस ५ गते बाँके-बर्दियाबाट सुरु भएर दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै पुस १५ मा रुपन्देहीमा सकिनेछ।
  • लुम्बिनी लायन्सले गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै एनपीएलको उपाधि जितेको थियो।

३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ को विजेता टोली लुम्बिनी लायन्सले ‘च्याम्पियन्स ट्रफी सेलेब्रेसन टूर’ सुरु गर्ने भएको छ ।

लुम्बिनीले सामाजिक सञ्जालमार्फत लुम्बिनी प्रदेशका विभिन्न स्थानमा उत्सवका साथ ट्रफी पुर्‍याइने जनाएको हो । टूर आउँदो शनिबारदेखि सुरु हुँदैछ ।

पुस ५ गते शनिबार बाँके-बर्दियाबाट सुरु हुने टूर दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पाबाट नवलपरासी हुँदै रुपन्देही पुगेर पुस १५ मा सकिनेछ ।

लुम्बिनीले गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै एनपीएलको उपाधि जितेको थियो ।

 

लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय