+
+
Shares

कुरिलोको मूल्य होलसेलमै किलोको १२००

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ४ पुसका लागि कुरिलोको होलसेल मूल्य प्रतिकिलो १२ सय रुपैयाँसम्म पुगेको जनाएको छ।
  • बिहीबारको तुलनामा शुक्रबार कुरिलोको औसत मूल्य ५० रुपैयाँले बढेर प्रतिकिलो ११ सय रुपैयाँ पुगेको छ।
  • कुरिलोको सिजन वैशाखदेखि असारसम्म प्रतिकिलो ३ देखि ४ सय रुपैयाँमा पाइने भए पनि अहिले बेमौसमी भएकाले मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।

४ पुस, काठमाडौं । बजारमा कुरिलोको मूल्य होलसेलमै किलोको १२ सय रुपैयाँसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले कुरिलोको होलसेल मूल्य बढेको देखाएको हो ।

हिजो बिहीबारको तुलनामा आज शुक्रबार कुरिलो प्रतिकिलो थोकमा औसत ५० रुपैयाँ बढेको छ । हिजो बिहीबार कुरिलो प्रतिकिलो न्यूनतम १ हजारदेखि अधिकतम ११ सय र औसत १ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

आज शुक्रबार प्रतिकिलो न्यूनतम १ हजारदेखि अधिकतम १२ सय र औसत ११ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

कुरिलोको सिजन विशेषगरी वैशाख, जेठ र असारमा प्रतिकिलो ३ देखि ४ सय रुपैयाँमा किन्न पाइन्छ । अहिले बेमौसमी तरकारी भएकाले कुरिलोको मूल्य बढेको व्यवसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?