+
+
Shares

कालीमाटी बजारमा कुरिलोको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा कुरिलोको भाउ शुक्रबार प्रतिकिलो औसत ५० रुपैयाँले बढेर ९ सय रुपैयाँ पुगेको छ।
  • बिहीबार कुरिलोको मूल्य न्यूनतम ८ सयदेखि अधिकतम ९ सय ५० रुपैयाँसम्म थियो।
  • कुरिलोमा बढी मात्रामा भिटामिन र प्रोटिन पाइने हुँदा यसको मूल्य महँगो हुन्छ।

२८ कात्तिक, काठमाडौं । कालीमाटी बजारमा कुरिलोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समतिको तथ्यांकअनुसार शुक्रबार कुरिलोको भाउ किलोमा औसत ५० रुपैयाँ बढेको छ ।

कालीमाटी बजारमा हिजो बिहीबार कुरिलो थोकमा प्रतिकिलो न्यूनतम ८ सयदेखि अधिकतम ९ सय र औसत ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

आज शुक्रबार कुरिलोको मूल्य प्रतिकिलो थोकमा न्यूनतम ८ सय ५० देखि अधिकतम ९ सय ५० र औसत ९ सय रुपैयाँ कायम छ ।

कुरिलोमा बढी मात्रामा भिटामिन र प्रोटिन पाइन्छ । औषधीय गुण पाइने कुरिलो महँगो मूल्यमा किनबेच हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?