+
+
Shares

औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न परिसंघ र निफ्राबीच समझदारी

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र (पीपीपी) अवधारणामा निर्माण तथा सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १५:१६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग परिसंघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्न समझदारी भएको छ।
  • समझदारीपत्रमा चितवनको शक्तिखोर, हेटाँडाको मयूरधाप र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र पीपीपी अवधारणामा निर्माण तथा सञ्चालन गर्ने सहमति भएको छ।
  • परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्र निर्माणका लागि निफ्रासँग समझदारी गरी सुरुवाती काम गर्न लागिएको बताए।

४ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्न समझदारी भएको छ ।

नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा निर्माण तथा सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीको उपस्थितिमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र निफ्राका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गरे ।

दुई संस्थाबीच भएको समझदारी अनुसार नेपाल सरकारले घोषणा गरेको चितवनको शक्तिखोर औद्योगिक क्षेत्र पीपीपी अवधारणामा निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी हेटांैडाको मयूरधाप र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनका लागि सहकार्य गर्ने समझदारी परिसंघ र निफ्राबीच भएको छ ।

सरकारले पीपीपी अवधारणामा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिने घोषणा गरे अनुसार परिसंघले औद्योगिक क्षेत्र निर्माणका लागि निफ्रासँग समझदारी गरेको हो ।

यो समझदारीसँगै पीपीपी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिन नेपाल सरकारलाई संयुक्त रूपमा प्रस्तावसँगै आग्रह गरिने छ ।

सोही अवसरमा परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालनका लागि निफ्रासँग समझदारी गरी सुरुवाती काम गर्न लागिएको बताए ।

परिसंघ र निफ्राबीच भएको यो समझदारी निकै महत्त्वपूर्ण रहेको उनले बताए । निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले औद्योगिक क्षेत्र निर्माण सम्बन्धमा परिसंघसँग भएको यो समझदारीलाई निफ्राले प्रस्थान बिन्दुका रूपमा लिएको बताए ।

उनले परिसंघसँगको सहकार्यमा पीपीपी अवधारणामा अगाडि लैजान सकिने बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले सरकारले पीपीपी मोडेलमा निजी क्षेत्रलाई पनि औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिने भनेकाले यो समझदारीले राम्रो सन्देश दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?