+
+
Shares

रुपन्देहीमा युवकको हत्या आशंका

रुपन्देहीमा १७ वर्षीय युवाको शव फेला परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १६:१२
Listen News
0:00
0:30
🔊

४ पुस, बुटवल । रुपन्देहीमा १७ वर्षीय युवाको शव फेला परेको छ । बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन कञ्चन गाउँपालिका–३ धौलागिरी चोकका १७ वर्षीय इशान क्षेत्रीको शव घरको डेढ सय मिटरमै रहेको नालीमा फेला परेपछि हत्याको आशंका गरिएको छ ।

तेक्वान्दो खेलाडीसमेत रहेका इशानको एक साताअघि एक युवतीको विषयलाई लिएर साथीहरूबीच विवाद भएको थियो ।

इशानको टाउकोको पछाडि भागमा चोट देखिएको तर शश रहेको ठाउंमा रगत नभएकाले अन्यत्र हत्या गरेर शश नालीमा ल्याएर फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डीएसपी सुरज कार्कीले शवको पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र रिपोर्ट आएपछि हत्या भए–नभएको भन्न सकिने बताए ।

घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिसँग सोधपुछ भए पनि कसैलाई नियन्त्रणमा नलिइएको उनको भनाइ छ ।

आफूले मन पराएको युवतीलाई अरुले हेरेको विषयमा विवाद भएको र युवाको समूह मिलेर आक्रमण गरेको हुनसक्ने आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?