+
+
Shares

असममा रेल हात्तीको झुण्डसँग ठोक्किंदा दुर्घटनाग्रस्त

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते ११:४८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको असम राज्य होजाई जिल्लामा हात्तीको झुण्डसँग ठोक्किँदा रेल दुर्घटनामा पाँच डिब्बा लिकबाट बाहिर गएको छ।
  • दुर्घटनामा आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ।
  • रेलवेले यात्रु घाइते भएको सूचना प्राप्त नभएको जनाएको छ र लोको पायलटले इमरजेन्सी ब्रेक लगाएको बताइएको छ।

५ पुस, काठमाडौं । भारतको असम राज्यमा पर्ने होजाई जिल्लामा हात्तीको झुण्डसँग ठोक्किएर रेल दुर्घटनामा परेको छ ।

शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् ।

न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ ।

नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त नभएको जनाएको छ ।

नर्थ ईस्ट फ्रन्टियर रेलवे (एनएफआर)का प्रवक्ताले दुर्घटनामा रेलको इञ्जनसहित पाँच डिब्बा लिकभन्दा बाहिर गएका पुष्टि गरेका छन् ।

‘यो घटना त्यस्तो स्थानमा भयो, जुन हात्तीको ओहोर–दोहोर गर्ने करिडोर होइन,’ एनएफआरका तर्फबाट जारी बयानमा भनिएको छ, ‘लोको पायलटले हात्तीको झुण्ड देखेपछि इमरजेन्सी ब्रेक लगाए । त्यसका बाबजुत हात्ती रेलसँग ठोक्किए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?