+
+
Shares

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई रेल ठोक्किँदा १४ जनाको मृत्यु र ८४ जना घाइते भएका छन्।
  • राष्ट्रपति प्रबोवो सुबिआन्तोले पीडितलाई भेटेर दुख व्यक्त गर्दै छिटो अनुसन्धान गर्ने प्रतिबद्धता जनाए।
  • रेल अपरेटर र यातायात सुरक्षा समितिले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएका छन्।

इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन् ।

दुर्घटना पछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ भने ८४ जना घाइतेहरूले विभिन्न स्वास्थ्य सुविधाहरूमा उपचारका लागि लगिएको छ ।

स्थानीय समय अनुसार बेलुका करिब ८ः५० मा जकार्ता–बेकासी मार्गमा चल्ने लामो दुरीको रेलहरू एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ ।

रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?