+

इस्ट बंगालकी फजिला बनिन् साफ महिला क्लब च्याम्पियनसिपकै सर्वोत्कृष्ट खेलाडी

२०८२ पुष  ५ गते २०:२८ २०८२ पुष ५ गते २०:२८
इस्ट बंगालकी फजिला बनिन् साफ महिला क्लब च्याम्पियनसिपकै सर्वोत्कृष्ट खेलाडी
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ महिला क्लब च्याम्पियनसिपमा इस्ट बंगालकी कप्तान फजिला इक्वापुट सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।
  • फजिलाले प्रतियोगितामा ९ गोल गरिन् र गोल्डेन बूटसहित एक हजार अमेरिकी डलर पुरस्कार जितिन्।
  • इस्‍ट बंगालकी गोलरक्षक इलाङबाम पान्थोइ सर्वोत्कृष्ट गोलरक्षक घोषित भइन् र टोलीले फाइनलमा एपीएफलाई ३-० ले हरायो।

५ पुस, काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको विजेता टोली इस्ट बंगालकी कप्तान फजिला इक्वापुट प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

प्रतियोगिताभर कुल ९ गोल गरेकी फजिलाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले एक हजार अमेरिकी डलर पनि प्राप्त गरिन् ।

यस्तै सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बूट पनि फजिलाले नै प्राप्त गरिन् । उनले प्रतियोगितामा एक ह्‍याट्रिक पनि गरेकी थिइन् । नसरिन स्पोर्ट्स एकेडेमीविरुद्धको खेलमा एक्लै ५ गोल गरिन् ।

सर्वोत्कृष्ट गोलरक्षक पनि इस्ट बंगालकै गोलरक्षक इलाङबाम पान्थोइ घोषित भइन् । इस्ट बंगालले प्रतियोगिताभर कुनै पनि गोल बेहोरेन । त्यसमा मुख्य नायक इलाङबाम नै बनिन् ।

यस्तै भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजले फेयर प्ले अवार्ड प्राप्त गर्‍यो ।

शनिबार दशरथ रंगशालामा भएको फाइनलमा इस्ट बंगालले एपीएफमाथि ३-० को जित हासिल गरेको थियो ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

सर्वाधिक गोलकर्ताको अवार्ड लिँदै फजिला
सर्वोत्कृष्ट गोलरक्षक इलाङबाम पान्थोइ
विजेताको ट्रफी र चेक लिँदै इस्ट बंगालकी कप्तान फजिला
उपविजेताको चेक लिँदै एपीएफकी कप्तान अनिता बस्नेत
साफ महिला क्लब च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय