+

ला लिगा : सेभियामाथि रियल मड्रिडको जित

२०८२ पुष  ६ गते ८:२२ २०८२ पुष ६ गते ८:२२
ला लिगा : सेभियामाथि रियल मड्रिडको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस ला लिगा फुटबलअन्तर्गत रियल मड्रिडले सेभियालाई २-० गोलअन्तरले हराएको छ।
  • रियलको जितमा जुड बेलिङहमले ३८औं र किलियन एमबाप्पेले ८६औं मिनेटमा गोल गरेका थिए।
  • सेभियाका मार्कस टेक्सेराले ६८औं मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।

६ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभियामाथि जित हासिल गरेको छ ।

१० खेलाडीमा सीमित सेभियालाई रियलले २-० गोलअन्तरले हराएको हो । रियलको जितमा जुड बेलिङहम र किलियन एमबाप्पेले एक-एक गोल गरे ।

खेलको ३८औं मिनेटमा बेलिङहमले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ८६औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

६८औं मिनेटमा मार्कस टेक्सेराले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि दोस्रो स्थानको रियलको १८ खेलमा ४२ अंक भएको छ । सेभिया २० अंकसहित नवौं स्थानमा छ ।

रियल मड्रिड स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय