Listen News
0:00
0:30
६ पुस, विराटनगर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड नगरपालिका– ६ गिरीबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल साँझ ५:३० बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा झापा भद्रपुर नगरपालिका वडा नं. ९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर– ७ का २५ वर्षीय शीर्षक सुवेदीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4