६ पुस,बुटवल । नेपाल–चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा मनिष कुमार जोशी निर्वाचित भएका छन् ।
समाजको आठौं अधिवेशनले भैरहवाका उद्यमी जोशीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा डा.ऋषिराम शर्मा, उपाध्यक्षम खिमबहादुर खत्री, महासचिवमा जनकराज पन्त, कोषाध्यक्षमा केशव शर्मा, सचिवमा दीपक गलामी मगर र सह–कोषाध्यक्षमा अच्युतराज गौतम निर्वाचित भएका निर्वाचन अधिकृत जगतबहादुर रायमाझीले जानकारी दिए ।
त्यस्तै कार्यसमिति सदस्यमा इन्द्रबहादुर थापा, सानु सापकोटा, नारायणप्रसाद भण्डारी, कुलमणि ज्ञवाली, गोविन्द प्रसाद रेग्मी र गंगा भुसाल निर्वाचित भएका छन् ।
संस्थापक अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनसँग नेपालीको जनस्तरमा सम्बन्ध विस्तार, नेपालमा चिनिया लगानी र पर्यटक भित्र्याउन र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि २०५९ सालमा समाजको स्थापना भएको बताए ।
नवनिर्वाचित अध्यक्ष जोशीले चिनिया दूतावाससँग सहकार्य गरेर लुम्बिनीमा चिनिया पर्यटक बुद्धजन्मस्थल लुम्बिनीका उल्लेख्य संख्यामा भित्राउन गौतमबुद्ध विमानस्थलमा चीनबाट सिधा हवाई सेवा सुरु गर्न ठोस पहल गर्ने बताए । चीनमा करोडौं बौद्धमार्गी भए पनि सरकारी निकायबाट उचित पहल नहुँदा लुम्बिनी आउने चिनिया पर्यटकको संख्या नगण्य रहेको जोशीले औंल्याए ।
प्रतिक्रिया 4