६ पुस, जनकपुरधाम । मधेश सरकारको मधेश भवनमा विश्व ध्यान दिवस मनाइएको छ ।
मधेश भवनको कवर्ड हलमा मनाइएको ध्यान दिवसमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव लगायत सरकारका मन्त्रीहरू, दलका नेताहरू, सचिव र विभिन्न मन्त्रालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
ध्यान बारे अनुभवी विश्वलाल सिंहले ध्यानको बारेमा अभ्यास गराएका थिए ।
संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज डिसेम्बर २१ तारिखमा ‘विश्व ध्यान दिवस’ मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4