News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिकूल मौसमका कारण भैरहवा, जनकपुर र सिमराका विमानस्थल बन्द छन् भने धनगढी विमानस्थल भर्खरै खुलेको छ।
- काठमाडौं विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बाक्लो हुस्सुका कारण तराई भेगका अधिकांश विमानस्थल बिहान बन्द हुने र दिउँसोपखबाट क्रमशः खुल्ने जानकारी दिनुभयो।
- काठमाडौं विमानस्थलमा भने नियमित उडान भइरहेको छ।
७ पुस, काठमाडाैं । प्रतिकूल मौसमका कारण तीन आन्तरिक विमानस्थल बन्द छन् । काठमाडौं विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अहिले भैरहवा, जनकपुर र सिमराका विमानस्थल बन्द छन् । धनगढी विमानस्थल भर्खरै खुलेको छ ।
अन्य विमानस्थलहरूमा भने नियमित उडान भइरहेको उनले जानकारी दिए । बाक्लो हुस्सुका कारण बिहानको समयमा तराई भेगका अधिकांश विमानस्थल बन्द हुने गरेका छन् । दिउँसोपखबाट मात्रै क्रमशः विमानस्थलहरू खुल्ने गरेको उनले जानकारी दिए ।
काठमाडौं विमानस्थलमा भने नियमित उडान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4