१९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमन गरेका छन् ।
उनी केहीबेर अघि विमानस्थलमा अनुगमनका लागि पुगेका हुन् ।
अनुगमनका क्रममा उनले भीआईपी कक्ष, अध्यागमन विभाग, यात्रुहरूको आगमन र प्रस्थान कक्षमा पुगेका थिए ।
सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्किएको उनी निकटले बताएका छन् ।
अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिए ।
विदेशबाट दु:ख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दु:ख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत गराए ।
साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दु:ख नदिन पनि उनले निर्देशन दिए ।
प्रतिक्रिया 4