+
+
Shares

कारोबारसँगै घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंकले घटेर २५८१ अंकमा झरेको छ।
  • आज कारोबार रकम ३ अर्ब ५१ करोड पुगेको छ, जुन अघिल्लो दिनको ४ अर्ब ५२ करोडभन्दा कम हो।
  • व्यापारबाहेक सबै समूहका सूचक घटेका छन्, जीवन बीमा १.०१ र होटल तथा पर्यटन १.२६ प्रतिशतले घटेका छन्।

७ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको छ ।

आज दिनभरजसो बजार रातो रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको भयो ।

जम्मा ५४ कम्पनीको मूल्य बढ्दा २ सयको घट्यो भने ५ को स्थिर रह्यो । व्यापारबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार ०.५७ प्रतिशत घट्यो ।

जीवन बीमा १.०१, होटल तथा पर्यटन १.२६ प्रतिशत घटे । बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ तथा अन्य ०.६९ प्रतिशत घटे ।

एउटा कम्पनी एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको ५.९०, पियोर इनर्जीको ५.८७ तथा हिमालयन पावर पार्टनरको ३.५२ प्रतिशत मूल्य बढ्यो ।

मानुषी लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशत घट्यो । त्यस्तै लक्ष्मी लघुवित्तको ५.५८, स्वस्तिक लघुवित्तको ५.५१ तथा तेह्रथुम पावरको ५.२० प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर तथा सिटिजन लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?