+
+
Shares

समीक्षा नेपालदेखि जापानसम्म गुञ्जिने, ल्याइन् पुसमा हुने टूरको तालिका

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते २०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संगीतकर्मी समीक्षा अधिकारीले पुस अन्त्यसम्म नेपाल र जापानमा सांगीतिक टूर गर्ने तालिका सार्वजनिक गरेकी छन्।
  • समीक्षा अधिकारीले पुस ८ गते बुटवल, ९ गते नेपालगञ्ज, १० गते अत्तरिया, ११ गते विराटनगर र १२ गते बागलुङमा प्रस्तुति दिनेछिन्।
  • पुस १४ गते जापान उड्ने समीक्षा अधिकारीले ओसाका, नागोया र टोकियोमा १६, १७ र १८ गते सांगीतिक कार्यक्रम गर्नेछिन्।

काठमाडौं । यतिबेला संगीतकर्मीलाई टूरको भ्याइनभ्याइ छ । देश तथा विदेशमा धमाधम आयोजना भैरहेका कार्यक्रममा सहभागी हुन चलेका कलाकारलाई निकै चटारो देखिन्छ ।

कतिपय देशभित्र र कतिपय विदेशका कार्यक्रममा ब्यस्त हुँदैछन् र हुने क्रममा छन् । एलिना चौहान र शान्तिश्री परियारले त देश तथा विदेशका कार्यक्रमको तालिका नै सार्वजनिक गरे ।

यो मेसोमा थपिएकी छन् गायिका समीक्षा अधिकारी । समीक्षाले पुस अन्त्यसम्मको आफ्नो ब्यस्त सांगीतिक टूरको तालिका सार्वजनिक गरेकी छन् ।

यस महिनामा उनले नेपालका विभिन्न जिल्लासहित जापानसम्म पुगेर सांगीतिक प्रस्तुति दिँदैछिन् । सोमबार समीक्षाले लेखनाथ महोत्सवमा प्रस्तुति दिएकी छन् ।

‘जता जता मेसो मिल्छ, त्यतै भेटौंला है’ भन्दै उनले सार्वजनिक गरेको तालिकाअनुसार समीक्षा पुस ८ गते मंगलबार बुटवल पुग्नेछिन् । त्यहाँ आयोजित बुटवल राष्ट्रिय प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा उनी गुञ्जिने तय छ ।

९ पुसमा नेपालगञ्ज पुगेर प्रस्तुति दिने कार्यक्रम छ । १० पुसमा कैलालीको अत्तरियामा उनले दर्शक नचाउनेछिन् । ११ पुसमा विराटनगरमा आयोजित विराट ट्रेड एक्स्पोमा उनको प्रस्तुति हुनेछ । १२ पुसमा उनी बागलुङमा पुगेर प्रस्तुति दिनेछिन् ।

१४ पुसमा उनी जापान उड्नेछिन् । गलकोट समाज जापानले आयोजना गर्न लागेको कार्यक्रमहरूमा उनी गुञ्जिनेछिन् ।

जसअन्तर्गत उनी पुस १६ गते ओसाका, १७ गते नागोया र १८ गते टोकियोमा आफ्ना हिट गीतका साथ गुञ्जिनेछिन् । जापान भ्रमण सकेर उनी २१ गते नेपाल फर्किने छिन् ।

त्यसपछि पनि उनी स्टेज कार्यक्रममा व्यस्त हुने तालिका छ । उनी स्टुडियोमा पनि ब्यस्त छिन् । ३ साताअघि उनले आफ्नै युट्युब च्यानलमार्फत ल्याएको गीत ‘शिरमा शिरबन्दी’ यतिबेला चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?