+
+
Shares

अष्ट्रेलियामा हुने ‘गलबन्दी नाइट’ मा समीक्षा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियामा २३ जनवरीमा ‘गलबन्दी नाइट’ सांगीतिक कार्यक्रम हुने भएको छ।
  • कार्यक्रममा समीक्षा अधिकारी, आमेश भण्डारी र सुवास खत्रीले प्रस्तुति दिने भएका छन्।
  • ‘शिरमा शिरबन्दी’ गीत युट्युब चार्ट्सको शीर्षस्थानमा छ र टिकटकमा लोकप्रिय छ।

काठमाडौं । अष्ट्रेलियामा ‘गलबन्दी नाइट’ सांगीतिक कार्यक्रम हुने भएको छ । २३ जनवरीमा हुने कार्यक्रममा समीक्षा अधिकारी, आमेश भण्डारी, सुवास खत्रीले प्रस्तुति दिने भएका छन् ।

अधिकारी र खत्रीको पछिल्लो गीत ‘शिरमा शिरबन्दी’ अहिले चर्चित गीतमध्ये पर्छ । यो गीत युट्युब चार्ट्सको शीर्षस्थानमा छ । टिकटक र रिल्समा यो गीतमा भिडियो बनाउनेको संख्या धेरै छ ।

कार्यक्रममा प्रस्तुति दिन उनीहरू दुबैजना अस्ट्रेलिया जाँदैछन् । ‘फूलैफूलको मौसम तिमीलाई’ फेम्ड अभिनेता भण्डारी चाहिँ अस्ट्रेलियामै बसोबास गर्छन् ।

‘स्टडी वाइज एजुकेसन कन्सल्टेन्सी, नेभा बिजनेस सर्भिसेस प्रालि र पाल्पा इन्टरटेनमेन्टले कार्यक्रम गर्न लागेका हुन् । ग्राण्ड प्यालेस फङ्सन, परामाटा रोड, अर्बनमा कार्यक्रम हुन लागेको हो ।

नेपाली मौलिक संगीतलाई प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?