News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल रग्बी संघले राष्ट्रिय एन्टिडोपिङ एजेन्सीसँग सहकार्यमा २०७८ पुष ७ गतेदेखि मध्यपुर ठिमी युथ क्लब सभाहलमा 'राष्ट्रिय एन्टिडोपिङ कोर्स २०२५' सञ्चालन गरेको छ।
- तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा ७ वटै प्रदेश र ३ विभागीय टोलीबाट करिब ४५ जना महिला खेलाडी सहभागी छन्।
- कार्यक्रममा नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटा, महासचिव गोबिन्द घिमिरे र राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका संस्थापक संयोजक डाक्टर असिम भण्डारी उपस्थित थिए।
७ पुस, काठमाडौं । नेपाल रग्बी संघले राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको सहकार्यमा भक्तपुरस्थित मध्यपुर ठिमी युथ क्लबको सभाहलमा यहि मिति २०८२ साल पुष ७ गतेदेखि ‘राष्ट्रिय एन्टिडोपिङ कोर्स २०२५’ संचालन गरेको छ । यस कार्यक्रम ३ दिनसम्म चल्नेछ ।
उक्त कार्यक्रममा ७ वटै प्रदेश र ३ विभागीय टोलीबाट करिब ४५ जना महिला खेलाडीहरुको सहभागिता रहेको रग्बी संघले जनाएको छ ।
क्रार्यक्रममा नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटा, महासचिव गोबिन्द घिमिरे र राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका संस्थापक संयोजक डाक्टर असिम भण्डारीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4