+
+
Shares

विदेशका नेपालीले मतदान पाउने छाँटकाँट छैन, सरकार र नेताको ढंग पुगेन : मन्त्री पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते २१:२५

७ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने कुनै छाँटकाँट नभएको बताएका छन् ।

सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।

विदेशमा रहेका नेपालीले मतदान गराउनका लागि वर्तमान सरकार र नेताहरूको समेत ‘ढंग’ मन्त्री पुनको भनाइ छ ।

निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख र नागरिक समाजका प्रतिनिधिबीच सोमबार दिउँसो करिब ६ घण्टा यस्तै विषयमा लामो छलफल भएको थियो ।

छलफलपछि मन्त्री पुनले विदेशमा रहेका नेपालीले मतदान गर्ने वातावरण नदेखिएको भन्दै जे जे गर्नपर्ने हो विदेशमै रहेका नेपालीले गर्नुपर्ने समेत बताए ।

‘विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँटकाँट छैन । ल अब विदेशमा बस्ने नेपालीहरूले के के अभियान चाल्नपर्ने हो तपाईंहरूको आफ्नो आफ्नो क्षेत्रबाट चाल्नुस्,’ मन्त्री पुनको भनाइ छ, ‘यहाँको सरकारको पनि र नेताहरूको पनि ढंग देखिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?