News Summary
Generated by OK AI. Editorially reviewed.- अपि पावर कम्पनीले सेयरधनीका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश समावेश छ।
- कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ र जुटेको रकम मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माणमा लगाउने जनाएको छ।
- अपि पावर कम्पनीले पुस २९ गते कार्की ब्याङ्कवेटमा साधारणसभा बोलाएको छ र पुस १८ गते बुक क्लोज मिति तय गरेको छ।
८ पुस, काठमाडौं । अपी पावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ ।
लगत्तै कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनबाट जुटेको रकम दिव्यज्योति हाइड्रोपावरले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माणमा परिचालन गर्ने जनाएको छ ।
कम्पनीले पुस २९ गतेका लागि कार्की ब्याङ्कवेटमा साधारणसभा बोलाएको छ । पुस १८ गते बुक क्लोजको मिति तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4