+
+
Shares

माइतीघरमा आज पनि जेनजीहरूको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १३:५६

८ पुस, काठमाडौं । जेनजी विद्रोहका मागहरू पूरा नभएको भन्दै मिरज ढुंगाना नेतृत्वको समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेको छ ।

सरकारले जेनजी विद्रोहको भावना अनुरुप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् ।

यसअघि सोमवार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेनजी अगुवा मिराज ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो ।

प्रदर्शनकारीहरूले ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’, ‘अति भो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’, ‘जेन–जीको माग चुनाव होइन, सुशासन हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

केही जेनजी समूहहरूले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेनजी विद्रोहमाथि भएको दमनमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।

आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?