News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा रुख टमाटरको मूल्य बुधबार प्रतिकिलो थोकमा औसत ५० रुपैयाँले बढेर २ सय १० रुपैयाँ पुगेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार रुख टमाटरको मूल्य न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ८० रुपैयाँ थियो।
- कात्तिक दोस्रो साता रुख टमाटरको मूल्य न्यूनतम ९० देखि अधिकतम १ सय १० र औसत १ सय रुपैयाँमा किनबेच भएको थियो।
९ पुस, काठमाडौं । स्थानीय बजारमा रुख टमाटरको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज बुधबार रुख टमाटरको मूल्य प्रतिकिलो थोकमा औसत ५० रुपैयाँ बढेको छ ।
हिजो मंगलबार प्रतिकिलो थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ८० र औसत १ सय ६० रुपैयाँमा किनबेच भएकोमा आज न्यूनतम १ सय ८० देखि अधिकतम २ सय ५० र औसत २ सय १० रुपैयाँ कायम छ ।
यस्तै कात्तिक दोस्रो साता यो टमाटर न्यूनतम ९० देखि अधिकतम १ सय १० र औसत १ सय रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4