+
+
Shares

अनलाइन किनमेलको रोचक दृश्य : १ लाखको कण्डम, १० रुपैयाँको छपाइ सामग्री

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्विग्गी इन्स्टामार्टको रिपोर्ट अनुसार भारतमा सन् २०२५ मा अनलाइनमार्फत् कण्डम सबैभन्दा लोकप्रिय सामान बनेको छ।
  • चेन्नईका एक ग्राहकले सन् २०२५ मा २२८ पटक कण्डम अर्डर गरी १ लाख ६ हजार ३९८ भारू खर्च गरेका छन्।
  • अनलाइनबाट दूध, घरपालुवा जनावरका खानेकुरा, प्रोटिन सप्लिमेन्ट र सुनमा समेत ठूलो रकम खर्च भएको रिपोर्टले देखाएको छ।

इ कमर्श प्लेटफर्मको सहयोगले ग्राहकलाई उनीहरूले खोजेका सामान आफ्नै दैलोमा प्राप्त त भइरहेका छन् तर यसले उनीहरूको किनमेल सम्बन्धी गोप्य तथा अनौठा आनीबानी समेत उदांगो हुन थालेका छन्।

भारतमा खुद्रा सामान विक्री तथा डेलिभरी गर्ने एक प्रमुख अनलाइन किनमेल प्लेटफर्म स्विग्गी इन्स्टामार्टले सार्वजनिक गरेको एक रिपोर्टले ग्राहकहरूका निकै रोचक तथ्यहरू सार्वजनिक गरिदिएको छ।

स्वग्गीको सन् २०२५ को वर्षान्त प्रतिवेदन अनुसार भारतीयहरूले दूध र तरकारीदेखि सुन र आइफोन जस्ता महँगा सामान समेत मानिसहरूले अनलाइनमै किनमेल गर्न थालेका छन्। तर अनलाइनमा अर्डर गरेका सुन र आइफोनभन्दा चेन्नईका एक ग्राहकले गरेको किनमेलको सबैभन्दा बढी चर्चा भएको छ।

रिपोर्ट अनुसार ती व्यक्तिले यो वर्ष सन् २०२५ मा अनलाइनमार्फत् कण्डम खरिदमै १ लाख भारू भन्दा धेरै खर्च गरेका छन् । उनले स्विग्गी इन्टामार्टमा वर्षभर गरेर २२८ पटक कण्डम अर्डर गरे । त्यसबापत उनले भारु १ लाख ६ हजार ३९८ रूपैयाँ भुक्तान गरे।

स्विग्गीको रिपोर्ट अनुसार उसको प्लेटफर्मबाट किनमेल गर्ने सामानमध्ये सबैभन्दा लोकप्रिय प्रोडक्ट कण्डम नै बनेको छ । त्यहाँ हरेक १२७ अर्डरमध्ये एउटा कन्डम हुने गरेको छ । गत सेप्टेम्बरमा कण्डमको विक्रीमा २४ प्रतिशतले उछाल आएको थियो।

त्यसैगरी दैनिक आवश्यकताका खाद्य सामानमा चाहिँ दूध सबैभन्दा लोकप्रिय बन्यो । इन्स्टामार्टमा हरेक सेकेण्डमा दूधका चारवटा प्याकेटको अर्डर आयो । कम्पनीका अनुसार वर्षभरमा उसले विक्री गरेको दूधलाई एकैठाउँमा जम्मा गर्ने हो भने ओलम्पिक आकारका २६ हजार वटा पौडी पोखरी भरिन्थे।

रिपोर्ट अनुसार भारतीयहरूले घरपालुवा जनावरका खानेकुराका साथै प्रोटिन र सुनमा पनि मन खुलाएर खर्च गर्ने गरेको पाइएको छ । चेन्नइका एकजना व्यक्तिले आफ्नो घरमा पालेका कुकुर, बिरालोका सामानका लागि एक वर्षमा २४ लाख भारु भन्दा धेरै खर्च गरेका छन् । त्यस्तै नोएडाका एकजना व्यक्तिले वर्षदिनमा २८ लाख भारुको प्रोटिन सप्लिमेन्ट किनेका छन् भने मुम्बइका एक व्यक्तिले १५ लाख भारु भन्दा धेरैको सुन अनलाइनबाट किनेका छन् ।

अनलाइनबाट भारी रकमको सामान खरिद गर्ने मान्छे मात्र होइन निकै कञ्जुस भएर नगन्य मात्रामा किनमेल गर्ने ग्राहक पनि हुँदा रहेछन् ।

एकजना व्यक्तिले यो वर्षभरमा स्विग्गी इन्स्टामार्टबाट केवल १० रुपैयाँ भारुको एउटा छपाइ सामग्री खरिद गरे । त्यो खरिद स्विग्गीको इतिहासमा कुनैपनि ग्राहकले वर्षभरमा गरेको सबैभन्दा सानो अर्डर भएको कम्पनीले जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?