News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार मदनकृष्ण श्रेष्ठले ७५ वर्षको उमेरमा त्रिशुली नदीमा र्याफ्टिङको अनुभव लिएका छन्।
- र्याफ्टिङ कार्यक्रममा गायक सत्यराज आचार्यको परिवार पनि सहभागी थियो।
- त्रिशुली रिभरसाइड रिसोर्टले र्याफ्टिङ, क्यानोइङ, कायाकिङ, जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालन गर्दै आएको छ।
काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठले त्रिशुली नदीमा र्याफ्टिङको अनुभव लिएका छन् । ७५ वर्षको उमेरमा पनि साहसिक पर्यटन गतिविधिमा सक्रिय देखिँदै आएका उनले पृथ्वी राजमार्गअन्तर्गत मलेखु नजिक रहेको त्रिशुली रिभरसाइड रिसोर्टद्वारा सञ्चालित र्याफ्टिङमा सहभागिता जनाएका हुन् ।
र्याफ्टिङ कार्यक्रममा श्रेष्ठ परिवारसँगै गायक सत्यराज आचार्यको परिवार पनि सहभागि थियो । कलाकारको सहभागिताले त्रिशुली नदीको साहसिक पर्यटनलाई थप प्रवद्र्धन गरेको सहभागीको भनाइ छ ।
र्याफ्टिङपछि प्रतिक्रिया दिँदै श्रेष्ठले उमेर कुनै पनि गतिविधिका लागि बाधक नहुने बताए । यसअघि पनि एक पटक र्याफ्टिङ गरिसकेका उनले दोस्रो पटकको अनुभव पनि उत्तिकै रोमाञ्चक र रमाइलो भएको बताए ।
उनका अनुसार सुरुवातमा केही डर लागे पनि नदीको बहावसँगै बग्दा उत्साहजनक अनुभूति भएको थियो । मदनकृष्णका छोरा यमनले बुवासँगै यसरी यात्रा र र्याफ्टिङ गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

रिसोर्ट सञ्चालक उद्धव कँडेलका अनुसार पछिल्लो समय त्रिशुलीमा र्याफ्टिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य छ । यसले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको उनले बताए ।
कँडेलका अनुसार रिसोर्टले एक दशकदेखि र्याफ्टिङ, क्यानोइङ र कायाकिङजस्ता साहसिक गतिविधि सञ्चालन गर्दै आएको छ । जिपलाइन र स्काई रोप साइक्लिङसमेत थप गरिएको छ । काठमाडौंबाट करिब ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिक मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ सञ्चालनमा ल्याइएको रिसोर्टले जनाएको छ ।
कँडेलका अनुसार पर्यटकलाई लक्षित गर्दै त्यहाँ २५ वटा भिल्ला, टेन्टेड क्याम्प, २०० जनाको क्षमता भएको बेङ्क्वेट र स्विमिङ पुल सहितको त्रिशुली भिल्ला निर्माण भएको छ र आगामी दिनमा थप साहसिक तथा पर्यटनमैत्री गतिविधि विस्तार गर्दै लैजाने योजना रहेको सञ्चालक कँडेलले जानकारी दिए ।
प्रतिक्रिया 4