+
+
Shares

अटो व्यवसायीले यातायात व्यवस्था विभाग र ट्राफिक कार्यालयलाई गरे सहयोग

नाइमा अध्यक्ष रितुसिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलाल सहित टोलीले मंगलबार सहायता हस्तान्तरण गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसनले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई सहयोग प्रदान गरेको छ।
  • यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सहयोगले विभागले आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताए।
  • नाइमा अध्यक्ष रितुसिंह वैद्यले सार्वजनिक सेवा प्रवाहमा सहकार्यलाई नाइमाको कार्यगत अवधारणा भएको र आगामी दिनमा सुदृढ बनाउने प्रतिबद्धता जनाइन्।

९ पुस, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा गम्भीर प्रभावित यातायात व्यवस्था विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सहयोग प्रदान गरेको छ ।

नाइमा अध्यक्ष रितुसिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलाल सहित टोलीले मंगलबार सहायता हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा प्राप्त सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको र सोही सहयोगको कारण विभागले पुन: आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत सहयोग तथा यसका सदस्यद्वारा गरिएको आपतकालीन सहयोगको प्रशंसा गरे ।

उनले स्थापनाको छोटो समयमै नाइमाले ट्राफिक कार्यालयसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापना गर्न सफल भएको भन्दै संस्थालाई ट्राफिक शिक्षा र व्यवस्थापनको एक भरपर्दो सहयात्री रहेको बताए ।

कार्यक्रममा नाइमा अध्यक्ष वैद्यले संकटको घडीमा सानो सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताइन् । उनले सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायसँग सहकार्य गर्नु नाइमाको कार्यगत अवधारणा रहेको र आगामी दिनमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धता जनाइन् ।

कार्यकारी निर्देशक दुलालले सहयोगको विवरण दिँदै यातायात व्यवस्था विभाग मीनभवनको मुख्य भवनको सम्पूर्ण झ्याल र ढोका पुननिर्माण र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टर लगायत सहयोग उपलब्ध गराइएकोे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?