+
+
Shares

जेनजी आन्दोलनमा जलेका सवारी र अन्य सम्पत्ति पत्रुमा लिलाम बिक्री गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहरी विकास मन्त्रालयले जेनजी आन्दोलनमा जलेका सवारी साधन र सम्पत्ति पत्रुमा लिलाम बिक्री गर्ने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले मिनाहा प्रक्रिया पूरा गरी शहरी विकास मन्त्रालयमा सूची बुझाउने र लिलाम प्रक्रिया सम्पन्न गर्ने निर्णय गरेको छ।
  • सचिव बैठकले नयाँ सवारी साधन अनिवार्य बीमा गर्ने, मर्मतयोग्य सवारी मर्मत गर्ने र अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन गर्ने निर्णय गरेको छ।

१० पुस, काठमाडौं । जेनजी आन्दोलनमा जलेका सवारी साधन तथा अन्य सम्पत्ति शहरी विकास मन्त्रालयले पत्रुमा लिलाम बिक्री गर्ने भएको छ ।

५ असोजको मन्त्रिपरिषद् बैठकको निर्यण अनुसार मिनाहा र लिलाम गर्न बाँकी मन्त्रालय र निकायले मिनाहा प्रक्रिया सम्पन्न गरी पत्रुमा लिलाम गर्न त्यस्ता सामानको सूची शहरी विकास मन्त्रालयमा बुझाउने निर्णय गत सोमबारको सचिव बैठकले गरेको छ ।

पत्रुमा लिलाम गर्नुपर्ने सामानको एकमुष्ट सूची हस्तान्तरणको पत्र मन्त्रालय र निकायहरूले शहरी विकासलाई बुझाउने र शहरी विकास मन्त्रालयले लिलाम प्रक्रिया सम्पन्न गर्ने निर्णय सो बैठकले गरेको हो । काठमाडौंमा जलेका सवारी साधन बानेश्वरस्थित संसद भवन परिसरमा थुपारिएको छ ।

बैठकले अहिले सञ्चालनमा रहेका र नयाँ सवारी साधन तथा भवनको अनिवार्य बीमा गर्ने निर्णय समेत गरेको छ । मर्मत गर्न मिल्ने सवारी साधन तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने निर्णय सचिव बैठकले गरेको छ ।

आवश्यकता र औचित्यका आधारमा तत्काल नयाँ सवारी साधन खरिद गर्नपर्ने अवस्थामा अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन तथा मार्गदर्शन गर्ने निर्णय समेत भएको छ । सवारी साधनको दीर्घकालीन व्यवस्थापनका लागि अर्थ मन्त्रालयले अहिले गरिरहेको अध्ययनको काम यथाशीघ्र सम्पन्न गरी पेश गर्ने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?