+
+
Shares

गगनलाई प्रकाशशरण महतले भने : सभापतिलाई दोष दिएर उम्किन पाइँदैन

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन समयमै गर्न नसकेको विषयमा सभापति शेरबहादुर देउवालाई दोष दिएर उम्किन नमिल्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन समयमै गर्न नसकेको विषयमा सभापति देउवालाई दोष दिन नमिल्ने बताउनुभयो।
  • महतले महामन्त्रीले अतिरञ्जित प्रस्तुति नदिनु पर्ने र जिम्मेवारी पूरा गर्न सबै नेता कार्यकर्ताले प्रयास गर्नुपर्ने उल्लेख गर्नुभयो।
  • सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिनुभएको र क्रियाशील सदस्यता टुंग्याएर मात्र निर्वाचनमा जाने तयारी भइरहेको प्रवक्ताले जानकारी दिनुभयो।

पुस १०, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन समयमै गर्न नसकेको विषयमा सभापति शेरबहादुर देउवालाई दोष दिएर उम्किन नमिल्ने बताएका छन् ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबारे जानकारी दिँदै उनले महामन्त्रीले अतिरञ्जित तरिकाले प्रस्तुन नहुन भनेका हुन् ।

‘उहाँ त पार्टीको महामन्त्री। उहाँबाट देशभरका नेता कार्यकर्ताले जिम्मेवारीको अपेक्षा गर्छन्,’ उनले भने, ‘त्यसैले यी विषयलाई हामी कसैले पनि अतिरञ्जित तरिकाबाट सार्वजनिक गर्नुहुँदैन । अहिले कसैलाई दोष दिने कुरा छैन । सभापतिले कार्यवाहक दिएर सम्पूर्ण जिम्मेवारी दिनु भएको छ । उहाँले मिटिङ सञ्चालन गरिराख्नु भएको छ ।’

सभापति देउवाले गत असोज २८ गतेको केन्द्रीय समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

उनले नेताहरूले एकअर्कालाई दोष दिएर जिम्मेवारी पूरा नहुने भन्दै थपे, ‘जिल्लाका साथीहरूलाई दोष दिनुहुँदैन। कतिपय यतैबाट कमिकमजोरी भएका छन् ।’

क्रियाशील सदस्यता टुंग्याएर मात्रै निर्वाचनमा जाने प्रवक्ता महतले बताए। ‘क्रियाशील सदस्यता नटुंगिकन निर्वाचनको कार्यक्रम अघि बढ्दैन। त्यसैले निर्वाचनको कार्यतालिका प्रभावित हुने देखिन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?