१० पुस, रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीले रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस गरेको छ ।
हिजो र आज बसेको बैठकपछि प्रत्यक्षतर्फ ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।
सिफारिस भएकाहरूमा गणेशमान पुन, दलजित शेर्पाली, तेजबहादुर ओली, जितमान पुन, सुबोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सर्जना कार्की रहेका छन् । एक जनामा नाम सर्वसम्मत हुन नसकेपछि ९ जनाको नाम सिफारिस गरिएको हो ।
गणेशमान २०७० मा प्रतिनिधिसभामा निर्वाचित भएका व्यक्ति हुन् । मन्त्री बनिसकेका उनी हाल नेकपा केन्द्रीय कार्यालयका मुख्य सचिव छन् ।
दलजित २०७० मा प्रतिनिधिसभाको समानुपातिक सांसद बनेका थिए । हाल उनी पार्टीको केन्द्रीय सदस्य छन् ।
यसैगरी तेजबहादुर २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । हाल उनी पार्टी केन्द्रीय सदस्य छन् ।
जितमान २०७४ मा नयाँ शक्ति पार्टीबाट पराजित भएका थिए । हाल उनी नेकपा प्रवेश गरेर केन्द्रीय सदस्य छन् ।
सुबोधराज र लालबहादुर अहिलेसम्म चुनाव उठेका छैनन् । सुबोधराज पार्टीका केन्द्रीय सदस्य हुन भने लालबहादुर प्रदेश सदस्य हुन् ।
कैलाश २०७९ मा एमालेबाट प्रतिनिधि सभामा पराजित भएका थिए । पछिल्लो पटक उनी नेकपा प्रवेश गरेका हुन् ।
चन्द्र रसाइली नयाँ अनुहार हुन् । हाल उनी अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष र पार्टीको जिल्ला सदस्य छन् । त्यस्तै, सर्जना २०८१ म भएको नेपाल पत्रकार महासंघ रुकुमपूर्वको अध्यक्ष पदमा पराजित भएकी थिइन् । उनी हाल नेकपाको जिल्ला सदस्य र प्रेस सेन्टरको केन्द्रीय सदस्य छिन् ।
यसैगरी प्रतिनिधि सभा समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस भएको छ ।
जसमा सुनिता बुढा –महिला), दिपेन्द्र छन्त्याल (अल्पसंख्यक), टिकाराम उपाध्याय (अन्य), हर्कबहादुर कामी (दलित) र उपेन्द्रलाल कामी (दलित) रहेका छन् ।
प्रतिक्रिया 4