News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिकूल मौसमका कारण ११ पुस शुक्रबार अपराह्नसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढी विमानस्थलमा उडान/अवतरण सञ्चालनमा आउन सकेको छैन।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण जारी छ भने तराईका अधिकांश विमानस्थलमा कम भिजिबिलिटीका कारण सेवा अबेर सुरु हुने गरेको छ।
- यस कारण सयौँ यात्रु प्रभावित भएका छन्।
११ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबार अपराह्नसम्म पनि ५ विमानस्थलमा उडान/अवतरण सञ्चालनमा आउन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढीमा हवाई सेवा प्रभावित बनेको छ ।
काठमाडौं विमानस्थलमा भने अवतरण जारी छ । कम भिजिबिलिटीका कारण अहिले तराईका अधिकांश विमानस्थलको सेवा अबेरमात्र सुरु हुने गरेको छ । यसबाट सयौँ यात्रु प्रभावित हुने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4