News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनको अलिकान्तेमा एक महिला कर्मचारीले कार्यालय समयभन्दा धेरै छिटो आउँदा कम्पनीले बर्खास्त गरेको थियो।
- महिलाले कम्पनीको निर्णयविरुद्ध अदालत गइन् र अदालतले कम्पनीको पक्षमा फैसला गर्यो।
बारम्बार कार्यालय समयको पालना नगर्दा अर्थात् कार्यस्थलमा ढिलो आउँदा कारबाही हुनु तथा पटक पटकको चेतावनीपछि जागिर नै गुम्नुलाई आश्चर्य मानिँदैन । तर स्पेनमा एक महिलाले कार्यालय समय सुरु हुनुभन्दा धेरै छिटो कार्यालयमा आउँदा समेत जागिर गुमाउनु परेको छ ।
त्यसरी तोकिएको समय भन्दा अगाडि धेरै पटक कार्यालय पुग्नुलाई स्पेनको स्थानीय अदालतले पेशागत आचरणको गम्भीर उल्लंघन भएको ठहर गरेको छ।
स्पेनको अलिकान्तेमा एक डेलिभरी कम्पनीमा कार्यरत एक महिला कर्मचारी धेरै पटक तोकिएको समय भन्दा अगाडि नै कार्यालय आउन थालिन् । लगातार चेतावनी दिँदा पनि तोकिएको समयभन्दा पहिले कार्यस्थलमा आउने गरेको भन्दै कम्पनीले बर्खास्त गरेको थियो।
आफूलाई बर्खास्त गर्ने कम्पनीको निर्णयविरुद्ध ती महिलाले अदालत पुगिन् । अदालतले भने उनलाई बर्खास्त गर्ने कम्पनीको निर्णय सदर गरिदियो ।
समाचार अनुसार बर्खास्तीमा परेकी ती महिलाको करार सम्झौता अनुसार काम गर्दै आएकी थिइन् । सम्झौताअनुसार उनले काम सुरु गर्ने आधिकारिक समय बिहान ७:३० बजे थियो । तर उनी हरेक दिन बिहान ६:४५ देखि ७:०० बजेभित्रै कार्यस्थलमा उपस्थित हुन्थिन्।
व्यवस्थापन पक्षले सन् २०२३ मा नै उनलाई त्यति चाँडो अफिस आउने बानी सुधार गर्न लिखित रूपमा चेतावनी दिएको थियो । व्यवस्थापनको तर्क थियो कि- निर्धारित समयभन्दा धेरै छिटो आउनुपर्ने कुनै काम नै नभएको र त्यसले कम्पनीलाई कुनै योगदान नगरेको कारण उनको त्यो कार्य अनुचित थियो । ती कर्मचारीले व्यवस्थापनको आदेशलाई लगातार बेवास्ता गरेपछि कम्पनीले यस वर्षको सुरुमा उनलाई अविश्वसनीयता, विश्वासको उल्लंघन र अवज्ञाको आरोप लगाउँदै बर्खास्त गरेको थियो।
कम्पनीको निर्णयविरुद्ध उनले अलिकान्तेको सामाजिक अदालतमा दायर गरेको मुद्दामा अदालतले अनपेक्षित रूपमा रोजगारदाताको पक्षमा फैसला गर्यो । अदालतले आफ्नो फैसलामा कर्मचारीको बानीलाई ‘खराब आचरण’ मान्नुपर्ने बलियो कारणहरू प्रस्तुत गर्यो ।
अदालतले भनेको छ- कर्मचारीको आचरणले कम्पनी र व्यवस्थापनबीचको विश्वास र वफादारीको सम्बन्धमा गम्भीर असर पारेको छ । कम्पनीको पटक-पटकको चेतावनीका बावजुद ती कर्मचारी निर्धारित समयभन्दा चाँडो अफिस प्रवेश गर्ने कुरामा जिद्दी गरिन् । उनको यस्तो व्यवहार आज्ञा पलना नगर्नु र विश्वास भंग गर्ने व्यवहार हो, जसले रोजगार सम्बन्ध समाप्त गर्न जायज ठहर्याउँछ ।
एजेन्सी
प्रतिक्रिया 4